क्लासिक टेकको वार्षिक रिचार्जमा थप चार महिनाको लागि बोनस पाइने

काठमाडाैं । क्लास्सिक टेकले ग्राहकहरूका लागि रिचार्ज अफर सार्वजनिक गरेको छ। अब प्रयोगकर्ताहरूले क्लासिक टेकको ट्याक्योन ३२५, ४०० र ६२५ इन्टरनेट प्याकेजको वार्षिक रिचार्जमा थप चार महिनासम्मको बोनस प्राप्त गर्न सक्नेछन्।

यो अफर असार २१ गतेदेखि लागू गरिएको हो। अफर आगामी असार ३० गतेसम्म लागू हुनेछ। अफर अन्तर्गत रिचार्ज प्रक्रियालाई थप सुविधाजनक बनाउन क्लासिक टेकले डिजिटल भुक्तानी प्लेटफर्म नेपाल पे क्युआरसँग साझेदारी गरेको छ।

यस अफरको क्रममा नेपाल पे क्युआर मार्फत रिचार्ज गर्ने ग्राहकले १० प्रतिशत वा एक सय रूपैयाँसम्म क्यासब्याक (प्रति दिन एक जना प्रयोगकर्तालाई एक पटक) पाउन सक्नेछन्। साथै, तीन जना भाग्यशाली व्यक्तिहरूले लक्की ड्रमार्फत् ३२ इन्चको टिभी जित्ने मौका पाउने कम्पनीले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्सेमा ५५ अंकको गिरावट

काठमाडौँ । नेप्सेमा ५५ अङ्कको गिरावट आएको छ । सोमबार नेप्सेमा ५५.८६ अङ्कको गिरावट आउदा …

प्रतिकृया दिनुहॊस