मनाङ एयरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला (सवारको नामावली)

काठमाडौं । सोलुखुम्बुको सुर्केबाट काठमाडौंका लागि उडेको मनाङ एयरको हेलिकप्टर लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको छ । मंगलबार बिहान सोलुखुम्बुको सुर्के हेलिप्याडबाट ५ मेक्सिकन यात्रु लिएर काठमाडौं उडेको मनाङ एयरको हेलिकप्टर सोलु दूधकुण्ड गाउँपालिका वडा नम्बर २ को लामजुरा क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो ।

कोशी प्रदेशका प्रमुख डिआइजी राजेशनाथ बास्तोलाका अनुसार घटनास्थलमा असई निराजन बस्नेतको टोली पुगेको छ । ‘टोली दुर्घटनास्थलमा छ । हेलिकप्टर दुर्घटना भएको हो । थप जानकारी पछि गराउनेछौं,’ उनले भने ।

सोलुखुम्बुको सुर्केबाट ९एन एमभी कलसाइन रहेको हेलिकप्टर बिहान १० बजेर १२ मिनेटपछि सम्पर्कविहीन भएको थियो । नागरिक उड्डयन प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलका अनुसार ९ बजेर ५२ मिनेटमा सुर्कीबाट उडेको हेलिकप्टरमा चालक चेतबहादुर गुरुङसहित ५ जना विदेशी यात्रु थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप