एक हप्ता ‘ग्रिन विक’ मनाउँदै नबिल बैंक

काठमाडौं । नबिल बैंकले साताव्यापी ‘नबिल ग्रिन विक’ आयोजना गर्ने भएको छ। नबिल दिगो बैंकिङको दोस्रो वार्षिकोत्सवको अवसर पारेर बैंकले सप्ताहव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो।

बैंकिङ क्षेत्रमा वातावरणीय र सामाजिक सचेतनाका लागि साताव्यापी नबिल ग्रिन विक’ कार्यक्रम गर्न लागेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुङ्गनाले बताए। उनले नबिल सस्टेनेबल बैंकिङले शुरुवातदेखि नै सामाजिक र वातावरणीय चुनौतिलाई सम्बोधन गर्न दिगो अभ्यासलाई प्रवद्र्धन गरिरहेको बताए। उनले नबिल बैंकको प्रयासले थुप्रै उपलब्धि हासिल गर्न सफल भएको बताए।

उनले नबिल ग्रिन विक कार्यक्रमले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच बिस्तार, बजार पहुँच र वित्तीय समावेशितालाई विस्तार र कृषि तथा साना व्यवसायमा वित्तीय सेवा दिएर स्थानीय आर्थिक विकासमा टेवा पुर्याउने उद्देश्य रहेको बताए। उनले बैंकले नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जामार्फत वित्तीय पहुँच बिस्तार गरिरहेको बताए।

उनले एक साता नबिल ग्रिन विकमार्फत कृषिको व्यवसायीकरण र उद्यमशीलता विकास गर्न सहयोग पुग्ने विश्वास लिएको बताए। उनले नविल बैंकको जस्तै सबै बैंकहरुले दिगो बैंकिङ सेवा विस्तार गर्न आवश्यक रहेको बताए।

नविल बैंकले नबिल सस्टेनेबल हाउजिङ लोन अन्तर्गत वातावरणमैत्री घर निर्माणमा कर्जा दिने व्यवस्था गरेको उनको भनाई छ। उनले बैंकले हाइड्रोमा लगानी, सहुलियत कर्जा प्रदान, सामाजिक क्षेत्रलगायतमा काम गरी दिगो बैंकिङको अभ्यास गर्दै आइरहेको बताए।

उनले मुलुकको आर्थिक वृद्धि गिरावटमा गएपनि बैंकको लगानीमा भने वृद्धि भइरहेको बताए। उनले बैंकहरुले वास्तविक अर्थतन्त्रलाई सहयोग गर्नेगरी बैंकिङ सेवा अगाडि नबढेको बताए।

उनले नबिल बैंकले शुरु गरेको नबिल सस्टेनेबल बैंकिङ योजनाले वास्तविक अर्थतन्त्रलाई सर्पोट पर्नेतर्फ नबिल बैंक मोडिएको बताए। उनले नबिल बैंकले सबैभन्दा बढी उत्पादनशील क्षेत्रमा प्राथमिकता दिएर बैंकिङ सेवा दिएको बताए।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस