सुनको मूल्य घट्यो, हेर्नुहोस् कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बिहीबार सुनको मूल्य प्रति तोला १ लाख ९ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

बुधबार प्रति तोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ६ सय रुपैयाँले घटेर प्रति तोला १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भई रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य १ लाख ८ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य प्रति तोला ५ रुपैयाँले घटेको हो । बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भई रहेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री