कुलमान घिसिङले इप्पानसँग भने- जलविद्युत आयोजनालाई ‘इनर्जी टेबल’ परिमार्जन गर्न दिन्छौं

काठमाडाैँ । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सञ्चालनमा आइसकेका जलविद्युत आयोजनालाई एकपटकका लागि ‘इनर्जी टेबल’ परिमार्जन गर्न दिने बताएका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का पदाधिकारीहरूसँग प्राधिकरणको कार्यालयमा भएको भेटवार्तामा कार्यकारी निर्देशक घिसिङले ‘हाइड्रोलोजी’ अनुमान गर्न नसकिने विषय भएकाले तोकिएभन्दा कम विद्युत उत्पादन गरिरहेका आयोजनालाई एकपटकका लागि इनर्जी टेबल परिमार्जन गर्न दिने बताएका हुन् ।

इप्पान अध्यक्ष गणेश कार्कीले ‘ग्लोबल वार्मिङ’ का कारण जलविद्युत आयोजनाको ऊर्जा गणना (इनर्जी क्याल्कुलेसन) भरपर्दो नभएकाले आयोजना सञ्चालनमा आएको पाँच वर्ष नपुगे पनि इनर्जी टेबल परिवर्तन गर्न दिनुपर्ने माग राखेका थि ए। उक्त मागमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सहमति जनाएका हुन् ।

‘जलवायु परिवर्तनका कारण प्राधिकरणका आयोजनाबाट समेत गत वर्षभन्दा ३० प्रतिशत कम विद्युत उत्पादन भएको थियो,’ घिसिङले भने, ‘निजी क्षेत्रका आयोजनाहरू झन् धेरै प्रभावित भएका छन् । त्यसैले सञ्चालनमा रहेका आयोजनालाई इनर्जी टेबल परिमार्जन गर्न दिन हामी तयार छौं ।’

इप्पान अध्यक्ष कार्कीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा ऊर्जा क्षेत्रमा भएका दीर्घकालीन महत्वका सम्झौताहरू सँगै भारतले नेपालबाट दस वर्षमा १० हजार मेगावाट बिजुली खरिद गर्ने सम्बनन्धी ऊर्जा व्यापार सम्झौता अगाडि बढाउन दुवै देशका सचिव स्तरमा भएको सहमति कार्यान्वयनका लागि सरकार र प्राधिकरणले सोहीअनुसार तयारी गर्न आवश्यक रहेको बताए ।

त्यस्तै विद्युत खरिद-बिक्री सम्झौताका लागि आवेदन गरेर करिब तीन वर्षदेखि रोकिएका झन्डै १०,५०० सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको विद्युत् खरिद-विक्री तत्काल खुलाउन प्राधिकरणसँग माग गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हिमालयन हाइड्रो एक्स्पो सुरु, राष्ट्रपतिले गरे उद्घाटन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विहीबार भृकुटीमण्डमा आयोजित हिमालयन हाइड्रो एक्स्पो २०२४ उद्घाटन गरेका छन् …

प्रतिकृया दिनुहॊस