बजेट पासको पक्षमा मतदान गर्न सांसदलाई कांग्रेसको ‘ह्वीप’

काठमाडौँ । नेपाली कांग्रेसले बजेट पासका पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकले विनियोजन विधेयकको पक्षमा मतदान गर्न कांग्रेसले आफ्ना सांसदलाई ह्विप लगाएका हुन् ।

‘मिति २०८० असार १३ गते बिहान ११ः०० बस्ने प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक, २०५० (आ.व. २०८०।०१ को बजेट) निर्माणार्थ प्रस्तुत हुने हुँदा उक्त दिनको बैठकमा अनिवार्य उपस्थित हुन, विनियोजन विधेयक, २०८० को पक्षमा मतदान गर्न र तटस्थ नरहन यो ह्विप जारी गरिन्छ,’ पत्रमा भनिएको छ ।

बुधबार बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० (आर्थिक वर्ष २०८०र ८१ को बजेट) निर्माणार्थ प्रस्तुत हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री