मेरो भनाई र व्यवहारमा जातीय विभेद भएको भए क्षमा चाहन्छु : उपमेयर चन्द

काठमाडौँ । बैतडीको दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले क्षमा मागेकी छिन् । गएको जेठ २१ गते जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा उनले दिएको अभिव्यक्तिको चौतर्फी आलोचना भएपछि उनले माफी मागेकी हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै चन्दले आफ्नो बोली र व्यवहारमा कतै जातीय विभेद गर्ने जस्तो आशय महसुस भएको भए उपप्रमुख र नेताको रूपमा माफी मागेको उल्लेख गरिएको छ । बुधबार जारी प्रेस विज्ञप्तिमा लेखिएको छ ‘यदि मेरो भनाई र व्यवहारमा कहीँ कतै जातीय विभेद गर्ने आशयको जस्तो महसुस भएको भए यहाँहरूको भावनाको उच्च सम्मान गर्दै नगर उप-प्रमुख र यहाँको नेताको रूपमा क्षमा चाहन्छु ।’

यसअघि ३२जेठमा उनले नै जारी गरेको विज्ञप्तिमा आफ्नो गल्ती नभएको बताएकी थिइन् । उक्त विज्ञप्तिमा आफूलाई बदनाम गर्न खोजिएको बताएकी थिइन् । चन्दले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति गलत भएको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध भएको थियो । उक्त विषयलाई लिएर राष्ट्रिय दलित आयोगले समेत विज्ञप्ति जारी गर्दै चन्दलाई कारबाहीको माग सहित सरकारको ध्यानाकर्षण गराएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस