राजनीतिक लडाइँमा विद्यार्थीलाई प्रयोग नगरौं: सांसद श्रेष्ठ

काठमडौं ।राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमनाश्रेष्ठले राजनीतिको लडाइँमा विद्यार्थीहरूलाई विवश नबनाउन सरकारसँग हात जोडेर आग्रह गरेकी छन् । बुधबारको प्रतिनिधि सभाको बैठकमा राजनीतिक लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाउन सांसद श्रेष्ठले हात जोडेर सरकारसँग आग्रह गरेकी हुन् ।

‘राजनीतिक दलहरूका भ्रातृ संगठनरूपी शिक्षक र विद्यार्थीहरूको साँढे जुधाईमा वास्तवमा पढ्न मात्रै चाहने विद्यार्थीहरू बाछाको मिचाइमा परिरहेका छन् । राजनीतिको लडाइँमा पढ्न चाहने विद्यार्थीहरूलाई विवश नबनाऔं । उनले हात जोडेर भनिन्, प्लिज विवश नबनाऔं। उहाँहरूलाई होस्टेज नराखौं । त्यसैले म माग पनि गर्न चाहन्छु ।’

भ्रातृ संगठनहरू जरूरी नभएको भन्दै सांसद श्रेष्ठले विद्यार्थीहरूलाई राजनीतिमा नतान्न अनुरोध समेत गरिन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

त्रिभुवन विमानस्थलमा उडान पुनः सुरु, भिस्टारामा ‘सर्च’

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समयका लागि अवरुद्ध भएको उडान-अवतरण प्रक्रिया पुनः सुचारु गरिएको …

प्रतिकृया दिनुहॊस