सनराइज बैंकको १५ औं साधारणसभा सम्पन्न, लक्ष्मी बैंकसँग मर्जर गर्ने प्रस्ताव पारित

काठमाडौं । सनराइज बैंक लिमिटेडको १५औं वार्षिक साधारण सम्पन्न भएको छ। बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा साधारण सभा सम्पन्न भएको हो।

साधारण सभाले सनराइज बैंक लिमिटेड र लक्ष्मी बैंक लिमिटेड एक आपसमा गाभ्ने/गाभिने (मर्जर) सम्बन्धी संचालक समितिको विशेष प्रस्ताव पारित गरेको छ।

त्यस्तै, आ.व.२०७८/७९ को नाफा नोक्सान हिसाब नगद प्रवाह विवरण २०७९ साल आषाढ मसान्तको वासलात तथा आ.व.२०७८÷७९ को वित्तीय विवरण सहितको वार्षिक प्रतिवेदन सहितका साधारण प्रस्ताव पारित भएको छ।

प्रस्ताव अनुरुप सनराइज र लक्ष्मी बैंक बराबरी हैसियतमा मर्जरमा जाने प्रस्ताव पारित गरिएको छ। आइतबार सम्पन्न साधारण सभाले लक्ष्मी बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव पारित गरेसँगै एकीकृत कारोबारका लागि थप प्रक्रिया अघि बढाएको बैंकले जनाएको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ग्लोबल बैंकका डेबिट तथा क्रेडिट कार्डवाहकलाई बिग मार्टमा १० प्रतिशत छुट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डवाहकहरूलाई प्रत्येक शनिवार बिग मार्टमा आफूलाई …

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds