कैलालीको गोदावरीमा युवती मृत फेला

काठमाडौँ । कैलालीको गोदावरीमा एक युवती मृत फेला परेकी छिन् । गोदावरी नगरपालिका-२ आदर्श गल्लीमा नामथर नखुलेकी अन्दाजी २५/३० वर्षीया युवती सोमबार मृत फेला परेकी हुन् ।

उनको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । युवतीले खैरो जिन्स पाइन्ट, कालो कलरको टिसर्ट लगाएकी छन् । मृत्युको कारण पनि खुल्न सकेको छैन ।

घटनाका सम्बन्धमा इलाका प्रहरी कार्यालय मालाखेतीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री