फिल्म ‘गणपति’को सुटिङ सेटमा आगलागी

काठमाडौँ । नेपाली चलचित्र ‘गणपति’को छायांकन सेटमा आगलागी भएको छ । उक्त फिल्मको एउटा गीटको भिजुअल सुटिङका क्रममा सेटमा आगलागी भएको बताइएको छ ।

उक्त गीतमा अभिनेत्री वर्षा शिवाकोटी र एक सय जना कोरसको तृत्य छायांकन चलिरहेको थियो ।

बालाजुमा रहेको चलचित्र विकास संस्थानमा लोमान बालेर धुवाँ निकाल्न खोज्दा आगलागी भएको जनाइएको छ । उक्त गीतको नृत्यमा कविराज गहतराजले निर्देशन गरिरहेका थिए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पोखरामा रवि लामिछानेको सहकारी ठगी मुद्दामा बयान सकियो, अब म्याद थपेर रुपन्देही लगिने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सहकारी ठगी र सङ्गठित अपराधका आरोपमा गरिएको अनुसन्धानमा बयान लिने प्रक्रिया सकिएको छ । लामिछानेलाई सरकारी वकिलको कार्यालयले पटकपटक बयानका लागि बोलाएको थियो । उनको सम्पत्ति शुद्धिकरणसम्बन्धी विषयमा पनि अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहॊस