काठमाडौं । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टल प्रालिका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
प्रभु बैंक र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच सम्पन्न सम्झौता अनुसार लक्ष्मी कन्टिनेन्टल प्रालिबाट आयात गरिएको इलेक्ट्रिक भेहिकल, इच्छुक ग्राहकहरुले खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था भएको छ ।
हाल बैंकको देशभर रहेको ३०१ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने बैंकले जनाएको छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको छ ।
प्रतिकृया दिनुहॊस