काठमाडौं । अनलाइनमार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको भन्दै ‘बल्छी र राजु मास्टर’सहित ८ पक्राउ परेका छन् । काठमाडौँ अपराध अनुसन्धान कार्यालयलेको टोलीले ‘बल्छी ध्रुवे’ भनिने मरिमान श्रेष्ठसँगै राजु पौडेललाई पनि पक्राउ गरेको खुलेको हो ।
पक्राउ परेका अन्य ६ जनाको नाम खुल्न सकेको छैन । काठमाडौँ जिल्ला प्रहरी परिसरका एसएसपी दानबहादुर कार्कीका अनुसार उनीहरुलाई काठमाडौँको स्वयम्भुलगायत ठाउँबाट पक्राउ गरिएको हो ।
विश्वका विभिन्न ठाउँमा हुने खेलको अड्कलबाजी गर्ने गरी जुवा खेल्न ‘एक्स वान बेट अनलाइनको प्रयोग हुँदै आएको छ । यस्तो जुवा नेपालमा अवैध हो । पक्राउ परेकाहरूलाई थप अनुसन्धान र कारबाहीका लागि जिल्ला प्रहरी परिसर भक्तपुर र काठमाडौँमा पठाइएको छ ।
तपाईंको प्रतिकृया




