सुरक्षा सल्लाहकारमा नियुक्त वैरागीले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को राष्ट्रिय सुरक्षा सल्लाहकार नियुक्त भएका पूर्व मुख्यसचिव शंकरदास वैरागीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

आजै बसेको मन्त्रिपरिषद्को बैठकले वैरागीलाई मन्त्रिस्तरीय सुविधा दिने गरी सुरक्षा सल्लाहकारमा नियुक्त गरेको थियो । वैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शपथ गराएका हुन् ।

वैरागीको कार्यकाल आगामी असोजमा सकिँदै थियो । उनलाई राजीनामा गराएर सरकारले सचिव वैकुण्ठ अर्याललाई मुख्यसचिवमा नियुक्त गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस