गोँगबुको होटलमा युवायुवती मृत भेटिए

काठमाडौं । काठमाडौं गोँगबुस्थित एक होटलमा युवायुवती मृत अवस्थामा भेटिएका छन् । टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलमा युवायुवती मृतावस्थामा फेला परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका-९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए । मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका-१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका-१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए ।

होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री