काठमाडौँ । आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ । सरकारले आगामी आर्थिक वर्षका लागि जेठ १५ गते प्रस्तुत गरेको बजेटमाथि संघीय संसद्को दुवै सदनमा छलफल सकिएको हो ।
प्रतिनिधिसभामा बजेटमाथि सांसदले बोल्ने कार्यक्रम अनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए । आजसम्म बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा। प्रकाशशरण महतले भोलि (जेठ २९ गते) दिने भएका छन् ।
भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले बताए ।
प्रतिकृया दिनुहॊस