काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले गरिबलाई झनै गरिब बनाउने कर स्वीकार गर्न नसकिने बताएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा भाग लिँदै सांसद श्रेष्ठले अर्थमन्त्री डा. प्रकाशशरण महतमाथि प्रश्न गरेकी छिन् ।
यसअघि पटक–पटक राजनीतिक हिसाबले सदन रोकिएको भन्दै अब जनताका लागि पनि सदन आफ्नो पार्टीले रोक्ने उनले दाबी गरिन् । ‘गरिबलाई यसमा लेखेको करले कसरी सहुलियत हुन्छ ? आफूले टार्गेट गरेको राजस्व उठेन भने अब त तपाईँले अर्को वर्ष सासमा पनि कर लगाउनु हुन्छ ? हरेक सासको कति मोल लिनुहुन्छ ?,’ उनले भने, ‘यो सदन पटक–पटक राजनीतिक हिसाबले रोकिएको छ, अब हामी जनताको लागि रोक्छौँ । गरिबलाई बढी गरिब बनाउने कर स्वीकार्य छैन ।’
प्रतिकृया दिनुहॊस