सेयर बजार ४.६८ अंकले बढ्यो

काठमाडाैँ । बुधबार सेयर बजार ४.६८ अंकले बढेको छ । नेप्से सूचक बुधबार ४.६८ अंकले बढेर १९३२.३३ विन्दुमा आएको हो ।

एउटा कम्पनीमा सकारात्मक सर्किट लाग्दा २ अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

पछिल्ला दिनहरुमा दैनिक सेयर खरिदबिक्री रकम (टर्नओभर) पनि वृद्धि हुन थालेको छ । सामान्ययतयः नेप्से सूचक सकारात्मक बन्न थालेपछि खरिदबिक्री रकममा पनि वृद्धि हुने गरेको पाइन्छ ।

यस दिन २६१ कम्पनीको ६५ लाख ४१ हजारभन्दा बढी कित्ता सेयर किनबेच हुँदा २ अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ रुपैयाँको कारोबार भएको छ ।

१० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सोल्टी होटल अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः शिवम् सिमेन्ट्स र नागरिक लगानी कोष परेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

क्लासिक टेकमा नेपालभरि रोजगारीको अवसर

काठमाडौँ । देशकै अग्रणी तथा ठुलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिकले देशैभरि विभिन्न तहका कर्मचारीको …

प्रतिकृया दिनुहॊस