काठमाडाैँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको ‘नेपालमा आफ्नो लिडरशिपको २५ वर्ष क्याम्पेन’ सफलतापूर्वक सम्पन्न गरेको छ।
आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरू प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७९ को अवसरमा शुभारम्भ गरिएको थियो।
अभियानको एक हिस्साको रूपमा बजाजले ग्राहकहरूलाई आकर्षक अफरहरू उपलब्ध गराएको थियो, जसमा विशेष २५ डाउन पेमेन्टमा फाइनान्सिङको विकल्प, रु.१० हजारसम्मको स्योर शट नगद छुट र भाग्यशाली २५ जना ग्राहकले १ केजी चाँदी जित्ने अवसर समावेश गरिएको थियो।
अभियानको बारेमा बोल्दै हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिका निर्देशक अभिमन्यु गोल्छाले भने, ‘यो अभियान हाम्रो अहिले सम्मको यात्रामा हाम्रा ग्राहकहरूले वर्षौंदेखि दिनुभएको अटल साथका लागि आभार व्यक्त गर्ने र सँगै यस उत्सवलाई मनाउने एक माध्यम थियो। नेपाली बजारलाई २५ वर्षदेखि अटुट सेवा प्रदान गर्न पाउँदा हामी निकै नै खुसी छौँ र भविष्यमा उत्कृष्टता प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई निरन्तरता दिनेछौँ।’
ग्राहकहरूले ‘नेतृत्वको २५ वर्ष’ अभियानका आकर्षक अफरहरूको अत्यधिक लाभ लिएको कम्पनीले जनाएको छ। ग्राहकको सन्तुष्टिमा निरन्तर जोड दिएकोले र उत्कृष्ट उत्पादन तथा विश्वस्तरिय सेवा प्रदान गरेकोले नै अटोमोबाइल क्षेत्रमा बजाजको ब्रान्डको रुपमा स्थापित भएको कम्पनीको दाबी छ।




