मेस्सीले छाडे पीएसजी, अन्तिम खेल शनिबार

काठमाडाैँ । अर्जेन्टिनी सुपरस्टार फुटबलर लियोनल मेस्सीले पेरिस सेन्ट जर्मेन यसै सिजनपछि छोड्ने भएका छन् । उनले अन्तिम खेल शनिबार क्लेरमोन्टविरुद्ध खेल्ने पक्का भएको छ ।

पीएसजीका म्यानेजर क्रिस्टोफ गाल्टियरले बिहिबार आयोजित पत्रकार सम्मेलनमा मेस्सीको बहिर्गमन पुष्टि गर्दै पीएसजीमा मेस्सीको अन्तिम खेल क्लेरमोन्ट फुटविरुद्ध हुने बताए । इतिहासमै सर्वोत्कृष्ट फुटबलरलाई प्रशिक्षण दिने सौभाग्य पाएकोमा उनले खुसी व्यक्त गरे ।

मेस्सी सन् २०२१मा बार्सिलोना छोडेर पीएसजीमा निशुल्क आवद्ध भएका थिए । यसपद्धि मेस्सी कहाँ जान्छन् भन्ने अन्यौल नै छ । उनी बार्सिलोना नै फर्किन सक्ने सम्भावना पनि छ । यस्तै अन्य क्लबले पनि मेसीलाई भित्र्याउन प्रयास गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालको लगातार तेस्रो हार, वेस्ट इन्डिजलाई एक खेल अगावै सिरिज उपाधि

काठमाडौँ । नेपाल वेस्ट इन्डिज ए सँग लगातार तेस्रो खेलमा पराजित भएको छ । विहिबार …

प्रतिकृया दिनुहॊस