हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो।

सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक–आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको हो।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री