हिमालयन लाइफ इन्स्योरेन्सको सेयर रजिस्ट्रारमा प्रभु क्यापिटल नियुक्त

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सेयर रजिस्ट्रारसम्बन्धी सेवाका लागि प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। सो नियुक्तिसम्बन्धी सम्झौता बुधबार सम्पन्न भएको हो।

सम्झौतामा हिमालयन लाइफ इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन्।

युनियन लाइफ इन्स्योरेन्स, प्राइम लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्स लिमिटेड एक–आसपमा मर्ज भई हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम भई वैशाख २६ गतेबाट संयुक्त कारोबार सुरु भएको हो।

 

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रारामा अस्ट्रेलियाली लगानीमा पहिलो लक्जरी रिसोर्ट बन्दै, हेलिप्याडको पनि सुविधा

काठमाडौं । मुगुको रारा ताल क्षेत्रमा सुविधासम्पन्न रिसोर्ट खोल्नका लागि अष्ट्रेलियन लगानी भित्रिएको छ । …

प्रतिकृया दिनुहॊस