वास्ताविक पिडामा आधारित “ए परदेशी फर्क” गीतको भिडियो सार्बजनिक

दशै नेपालीहरुको महान चाड हो । घर परिवारका सम्पूर्ण सदस्यहरु एकै ठाँउमा मेला भई हर्षोउल्लास पूर्वक मनाउनु यसको मुख्य विशेषता हो ।

तर आजकल वैदेशिक रोजगारका लागि खाडी मुलुक गएका व्यतिहरुको परिवारमा यस्तो हर्षोउल्लास सायदै आउछ । यहि मनोविज्ञान र नेपाली समाजको पछिल्लो यथार्थलाई मध्यनजर गदै कामना डिजिटल प्रा.लि ले  “ए परदेशी फर्क” आउ भन्ने गीत भखरै बजारमा ल्याएको छ ।

 

डिल्ली काफ्लेको लय सिर्जना रहेको यो गितमा शब्द आचल विरही रानाको रहेको छ भने स्वर पूर्ण कला बि सी , डिल्ली काफ्ले र सागर बस्नेतको रहेको छ । देब राज काफ्ले र मोडल ऋचा थापाको अभिनय रहेको म्यूजिक भिडियो गीत अनुसारको यथार्थलाई उतारिएको छ । त्यसैगरी, यो गीतको निर्देशन बिक्रम चौहानले गरेका छन् भने भिडियोको सम्पादन मिलन बि क ले गरेका हुन् । दशैको माहोल र नेपाली समाजको यथार्थता माथी निमाण भएको यस गीत चाडै लोकप्रिय हुने देखिन्छ ।

बारेमा रश्मी

यॊ पनि हेर्नुहॊस

मेगा प्रोजेक्ट ‘बलिदान’ को लागि अडिसन आह्वान, कसरी र कसले दिने आवेदन ?

काठमाडौँ । आसुसेन फिल्मस्‌को मेगा प्रोजेक्ट चलचित्र ‘बलिदान’ का केही कलाकारहरूका लागि अडिसन आह्वान गरिएको …

प्रतिकृया दिनुहॊस