अर्थ समितिकाे सरकारलार्इ निर्देशन- दशैँमा उपभोक्तालाई सुपथ मूल्यका वस्तु उपलब्ध गराऊ

काठमाडौं । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिले दसैँमा सुपथ मूल्यका बस्तु उपभोक्तालाई सहज रुपमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार सिंहदरबारमा बसेको बैठकले दसैँ, तिहारजस्ता चाडपर्वको मुखैमा सुपथ मूल्यका बस्तु सहज रुपमा उपभोक्तालाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको हो ।

सुपथ मूल्य पसलको दायरा बढाएर उपभोक्तालाई सहज रुपमा बस्तु र सेवा उपलब्ध गराउन सरकारलाई निर्देशन दिइएको समितिका सभापति कृष्णप्रसाद दाहालले जानकारी दिए । समितिले दसैं, तिहारजस्ता चाडपर्वका बेला उपभोक्तालाई मारमा पार्ने गरी मूल्य वृद्धि हुने गरेको भन्दै त्यसलाई नियन्त्रण गर्न आवश्यक कानुनी व्यवस्था गर्न पनि सरकारलाई सचेत गराएको छ । बैठकमा समितिका सदस्यहरुले सरकारलाई गलत बाटोमा जान नदिन चनाखो हुनुपर्ने आवश्यक्ता पनि औंल्याएका थिए ।

समितिका सदस्य घनश्याम भुसालले सरकारले गर्न नहुने काम गर्छ कि भन्ने विषयमा समिति चनाखो बन्नुपर्ने आवश्यक्ता औंल्याए । समितिका अर्का सदस्य एवम् पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारको सम्पूर्ण खर्चको छुट्टै लेखा राख्ने व्यवस्था गर्नुपर्नेमा जोड दिए । उनले सरकारी सम्पत्तिको अभिलेख राख्ने व्यवस्था गर्न पनि सरकारलाई समितिले सचेत गराउनुपर्ने प्रस्ताव पनि समितिको बैठकमा राखे ।

समितिले सरकारको सम्पत्तिको समेत अभिलेख राख्ने लगायतका विषयमा बैठकमा अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोगलगायतका सरकारी निकायका प्रतिनिधिसँग पनि छलफल गरेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

dashain-tika/दशैंको टीकाको उत्तम साइत कात्तिक ७ गते बिहान ११:०२ बजे

दशैंको टीकाको उत्तम साइत ११ बजेर ३६ मिनेटमा

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको दशैंको टिकाको साइत सार्वजनिक गरेको छ । जसअनुसार विजयादशमीको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा  रहेको छ । असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा घटस्थापनाको साइत रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

प्रतिकृया दिनुहॊस

This Ad will close automatically in seconds