k|ltlglw;efsf] a}7sdf ;f+;b ofbj sf7df8f}F, !% j}zfv M ;‹Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ a;]sf] k|ltlglw ;ef a}7ssf] 5nkmndf ;xefuL ;f+;b /fdxl/ vltj8f . tl:a/ M gjLg kf}8]n÷/f;;

‘शून्य समय’ को नाम ‘मन्त्रीले सुन्ने समय’ राखियोस् : सांसद खतिवडा

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शून्य समयको नाम परिवर्तन गरेर ‘मन्त्रीले सुन्ने समय’ राख्न माग गरेका छन् । प्रतिनिधिसभाको शून्य समयमा बोल्दै उनले यस्तो माग गरेका हुन् ।

शून्य समयमा उठाएका विषय प्रभावकारी हुन नसकेको गुनासो उनले गरे । ‘शून्य समयलाई जिरो समयका रूपमा होइन, यसको नामकरण गरेर मन्त्रीले सुन्ने समय राखियोस्, नभए यो जिरो हुने भयो’, उनले भने ।

सांसद खतिवडाले संसदीय सुनुवाइ समिति गठन गरेर प्रधानन्यायाधीश नियुक्त गर्न पनि माग गरे । संवैधानिक परिषद्को सिफारिसपछि उक्त समितिमा प्रधानन्यायाधीशको सुनुवाइ हुने व्यवस्था छ । सुनुवाइपछि सिफारिस स्वीकृत भएमा नियुक्तिका लागि योग्य मानिन्छ ।

‘संसदीय सुनुवाइ समिति नहुँदा प्रधानन्यायाधीश नियुक्त हुन सकेनन् । जसले एक लाख ६८ हजार मुद्दा सुनुवाइ थाती छन् । चाँडोभन्दा चाँडो प्रधानन्यायाधीश नियुक्त गरियोस्’, उनले भने । उनले लम्पी स्किन रोग नियन्त्रणका लागि समेत सरकारलाई आग्रह गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस