मुक्तिनाथ विकास बैंकका ग्राहकलाई ‘अरोगिन हेल्थ केयर’मा ४५ प्रतिशतसम्म छुट

काठमाडाैं । मुक्तिनाथ विकास बैंकका ग्राहकहरूले ‘अरोगिन हेल्थ केयर’मा ४५ प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूलाई थप सेवा दिन काठमाडौंको विशालनगरमा स्थित अरोगिन हेल्थ केयरसँग छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ।

यस सम्झौतापछि बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरूले उक्त हेल्थ केयरका विभिन्न सेवा सुविधाहरूमा ४५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। उक्त हेल्थ केयरले कपाल प्रत्यारोपण, कपाल झर्ने समस्याको उपचार लगायत छाला, दाँत सम्बन्धी समस्याको हेरचाहलगायतका सेवा प्रदान गर्दै आइरहेको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस