सानिमा बैंक अब लमजुङको बेसीशहरमा

काडमाडौं । सानिमा बैंक लिमिटेडले लमजुङको बेसीशहर–७ त्रिवेणी टोलमा शाखा स्थापना गरी बैंकिङ सेवा विस्तार गरेको छ । सो कार्यालयको उद्घाटन ब्रान्ड प्रवर्द्धक वरिष्ठ कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह जोडी) तथा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यले संयुक्त रुपमा गरे ।

उद्घाटन समारोहमा मह जोडीले लमजुङको बेसीशहरमा सानिमा बैंकको कार्यालय सञ्चालनमा आएकोमा बैंकलाई बधाई ज्ञापन गर्दै सबल अनि विश्वसनीय बैंकको रुपमा निरन्तर विस्तार हुन र थप सफलताको लागि शुभकामना व्यक्त गरे ।

त्यसैगरी सानिमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत पवन कुमार आचार्यद्वारा बैंकका ग्राहक तथा सरोकारवालाहरुलाई निरन्तर सहयोग तथा संरक्षणका लागि कृतज्ञता व्यक्त गरे । सानिमा बैंकको देशका सातै प्रदेशमा १३१ वटा कार्यालय र १२२ वटा एटीएम सञ्चालनमा रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

खातामा स्थायी लेखा नम्बर अद्यावधिक गर्न ग्राहकलाई एनआईसी एसिया बैंकको अनुरोध

काठमाडौँ । एनआईसी एसिया बैंकले ग्राहकलाई आफ्नो खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध …

प्रतिकृया दिनुहॊस