३३ जनाविरुद्धको मुद्दामा साढे २७ करोड बिगो कायम हुने प्रहरीको राय

काठमाडौँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३३ जनाविरुद्ध मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको छ ।

प्रहरीले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँलाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा ठगी गरेको आरोपमा पक्राउ परेकाहरूलाई संगठित ठगी र राज्यविरुद्धको कसुर मुद्दा चलाउन राय दिएको बताइएको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मुद्दामा प्रहरीले अनुसन्धान सकेर रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालय, काठमाडौँलाई बुझाएको हो ।

मुद्दा चलाउन राय दिइएका ३३ जनामध्ये ३० जनाको नामथर र ठेगाना खुलेको छ भने एक जनाको नाम खुलेको छ । अरू दुई जनाको भने नामथर र ठेगानासमेत खुलेको छैन ।

अभियुक्तहरूबाट २७ करोड ८४ लाख ५० हजार ५०० रुपैयाँ बिगो माग दाबी गर्न राय दिइएको प्रहरीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

छुटे लुम्बिनी प्रदेश सभा सदस्य केसी, के थियो मुद्दा ?

काठमाडौं । अदालतमा आत्मसमर्पण गरेका लुम्बिनी प्रदेशसभा सदस्य धनबहादुर केसी सोमबार छुटेका छन् । आइतबार रुकुम पूर्व जिल्ला अदालत पुगेर आत्मसमर्पण गरेका कांग्रेस सांसद केसी कानुनअनुसार कैद सट्टामा रकम तिरेर सोमबार छुटेका हुन् ।

प्रतिकृया दिनुहॊस