रेशम चौधरीको जन्मकैदको फैसला सर्वोच्चद्वारा सदर

काठमाडौँ – सर्वोच्च अदालतले रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको फैसलालाई सदर गरेको छ । मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले चौधरीलाई जेलमै राख्ने फैसला सदर गरेको हो ।

इजलासले अभियोग दाबीबाट सफाइ पाउँ भनी प्रतिवादीहरूले दिएको पुनरावेदन जिकिर नपुग्ने ठहर गरेको छ । २०७२ भदौमा कैलालीको टिकापुरमा थरुहट थारुवान आन्दोलनका क्रममा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ जना सुरक्षाकर्मी र एक जना नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक घटनाका आरोपित चौधरी अहिले जन्मकैदको सजाय भोगिरहेका छन् ।

उनलाई जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले जन्मकैदको सजाय सुनाएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री