कांग्रेसका पूर्वसांसद शेर्पाले गरे आत्मसमर्पण

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको भन्दै पक्राउ पुर्जी जारी भएका नेपाली कांग्रेसका पूर्वसांसद आङतावा शेर्पाले आत्मसमर्पण गरेका छन् ।

सोमबार साँझ उनले उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा गएर आत्मसमर्पण गरेको कार्यालय प्रमुख एआईजी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उक्त प्रकरणमा शेर्पाले भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बिचौलियालाई हिरासतमै गएर भेटी कांग्रेस नेताहरूको नाम नखाेल्न दबाब दिएको आरोप रहेको छ । उनी आफैँले पनि उक्त प्रकरणमा विभिन्न व्यक्तिसँग असुलीमा संलग्न भएको आरोप छ ।

३१ वैशाखमा प्रहरीले उनीविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो । त्यसलगत्तै उनी सम्पर्कविहीन भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री