संलग्नता अस्वीकार गरेका खाँणसँग सरकारी वकिल कार्यालयमा बयान जारी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पूर्वगृहमन्त्री वालकृष्ण खाँणको बयान सुरु भएको छ । बबरमहलस्थित सरकारी वकिलको कार्यालयमा कांग्रेसका नेतासमेत रहेका खाँणको बयान सुरु भएको हो ।

गत बिहीबार पक्राउ परेका पूर्व खाँणमाथि अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौँले हिजो ४ दिनको म्याद थप गरेपछि आज पुनः सरकारी वकिलको कार्यालयमा बयान दिन ल्याइएको हो । टेकु परिसरको हिरासतमा ४ दिनदेखि रहँदै आएका खाँणले सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएका छन् । उनले आइतबार पनि सञ्चारकर्मीसँग भने, ‘यसमा मेरो कुनै संलग्नता रहेको छैन ।’

यही प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री