काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीको हिरासतमा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा लगिएको छ ।
आइतबार खाँणसहित १२ आरोपितमाथि अदालतबाट चार दिनको म्याद थप गरेको प्रहरीले सोमबार खाँणलाई बयानका लागि लगेको हो । सरकारी वकिलको कार्यालयले प्रहरीलाई चार दिनभित्र आरोपितहरूको अनुसन्धान प्रतिवेदन बुझाउन आइतबार निर्देशन दिएको थियो ।
पूर्वमन्त्री खाँणको बयान सुरु भएको जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले जनाए । सोही प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी पनि आइतबार साँझ पक्राउ परिसकेका छन् । योसँगै नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या १३ पुगेको छ ।
तपाईंको प्रतिकृया




