इसेवाले ल्यायो एकमा चार अफर

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एकमा चार अफर सार्बजनिक गरेको छ । यस अफर अन्तरगत दैनिक रू एक (रू १) भन्दा कम रूपैयाँमै आफूसहित अन्य चार जना आफन्त तथा साथीभाइको पूर्ण हेल्थ केयर सुविधा खरिद गर्न सकिने कम्पनीले जनाएको छ । यस अफरमा आफन्त र साथीभाईलाई समेत समावेश गर्न सकिनेछ ।

यस अफरमा सहभागी हुन दैनिक रू एक (रू १) भन्दा कम अर्थात् वार्षिक ३ सय ६० रूपैयाँ भुक्तानी गर्नुपर्नेछ । यस्तै आफ्ना अन्य परिवारका सदस्यलाई समावेश गर्नु परेमा हरेक सदस्यको वार्षिक २ सय ७० रूपैयाँ शुल्क लाग्नेछ । यसैगरि आफुसहित साथीभाइलाई समावेश गर्नुपरेमा एक जना साथीको वार्षिक ३ सय ६० रूपैयाँका दरले शुल्क भुक्तानी गर्नुपर्नेछ । इसेवाले आफ्ना प्रयोगकर्ता र उनीहरूका आफन्त र साथीभाईलाई स्वास्थ्य तथा आइपर्ने भवितब्य एवं दुर्घटनालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स्सँगको सहकार्यमा यस किसिमको सुविधा लिएर आएको हो ।

यस सुविधा प्रयोग गर्नका लागि इसेवाको मोबाईल एप्स्मा गइ इसेवा केयर सेवा अन्तर्गत यो प्याकेज खरिद गर्न सकिनेछ । जहाँ ग्राहकहरू आफु, आफ्नो परिवार तथा साथीभाईलाई थुप्रै स्वास्थ्य सेवाहरूका साथै स्वास्थ्य बीमा प्याकेज र दुर्घटना बीमाको सुविधा लिन सकिने कम्पनीले जनाएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्सबाट दिइने दुर्घटना उपचार खर्च, अस्पतालको बेड शुल्क, मृत्यु र अशक्ततालाई एकलाख रूपैयाँसम्मको बीमा दाबी गर्न सकिनेछ । यस प्योकज अन्तर्गत आकस्मिक उपचार र चिकित्सा परिक्षण तथा चोट पटक तथा दुर्घटनापछि अस्पतालमा बुझाउनुपर्ने शुल्कको दाबी गर्न सकिनेछ ।

यस प्याकेजमा एक लाख भन्दा बढिको दुर्घटना बीमा, २४–घण्टा भन्दा बढीको अस्पतालमा भर्ना भएमा १० हजारसम्मको उपचार खर्च, छाला, कपाल तथा ब्यूटी केयरमा २० प्रतिशत छुट प्राप्त गर्न सकिन्छ । यसैगरी दाँत सफा गर्दा एवं दन्त उपचारमा रू पाँच सय छुट, फुल बडि चेकअपमा ५० प्रतिशत छुट तथा आँखा र फिटनेस सेवामा २५ प्रतिशत छुट प्राप्त गर्न सकिन्छ भने इसेवामा एक सय रिवार्ड पोइन्ट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मंगलबार कति छ सुनचाँदीको मूल्य ?

नेपाली बजारमा पछिल्ला महिनायता सुनको मूल्यले नयाँ नयाँ कीर्तिमान बनाउँदै आएको छ ।

प्रतिकृया दिनुहॊस