गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडाैं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । वैशाख १४ गते माओवादी र एकीकृत समाजवादीको समर्थनमा उनी मुख्यमन्त्री नियुक्त भएका हुन् ।

पाण्डेको पक्षमा ३५ मत परेको छ भने विपक्षमा २२ मत परेको छ । २ मत तटस्थ छ । राप्रपाले मतदान गरेन । पाण्डेलाई कांग्रेसका २७, माओवादीका ७ र एकीकृतका १ सांसदले मतदान गरेका हुन् ।

एमालेका २२ जनाले विपक्षमा मतदान गरे । विश्वासको मत सँगै पाण्डेले सरकार विस्तारको तयारी गरेका छन् । केही दिनभित्रै सरकार विस्तार हुने पाण्डेले बताए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वसन्त ऋतुकै पहिलो आरोहण सफल, १० शेर्पाको टोली एकैसाथ सगरमाथा चुचुरोमा

काठमाडौं । यो वसन्तमा सगरमाथा आरोहणका निम्ति मार्ग बनाउँदै हिँडेका १० जना शेर्पाको टोली शिखरको …

प्रतिकृया दिनुहॊस