फेरि संसदीय दलको नेता बन्दै रवि लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ । पार्टी उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेताबाट शनिबार राजीनामा दिएपछि रिक्त स्थान पूर्तिका लागि संसदीय दलको बैठक तय गरिएको हो ।

पछिल्लो राजनीतिक परिस्थितिबारे पार्टीको धारणा तय गर्न केन्द्रीय समितिको बैठक पनि आह्वान गरिएको सो पार्टीले जनाएको छ । केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङ गरी जानकारी दिएको थियो ।

बिहान ११ बजे केन्द्रीय समितिको बैठक र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको पार्टी उपसभापति डोलप्रसाल अर्यालले जानकारी दिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोगमा मुख्य सचिवसरहको पदमा हालै सरुवा भएका अर्यालले सोमबार राजीनामा बुझाएका हुन् ।

प्रतिकृया दिनुहॊस