विवाह अस्वीकार गरेपछि नर्सले गरिन् डाक्टरको घरमा गएर आत्महत्या

काठमाडौं । काठमाडौँको बोहोराटारमा एक नर्सले आत्महत्या गरेकी छन् । विवाह गर्न अस्वीकार गरेपछि ३४ वर्षीया नर्स अनुमा श्रेष्ठले प्रेमी सुजन ढकालको घरमा पुगेर आत्महत्या गरेकी हुन् ।

शनिबार अपराह्न ३ः५२ बजे अनुमाले आत्महत्या गरेको अवस्थामा सुजनका परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो । चितवनको नारायणगढमा रहेका मृतक अनुमाको परिवार काठमाडौँ आएपछि शनिवार राती मुचुल्का तयार पारी शव उठाइएको छ ।

मृतककी काकी सिर्जना श्रेष्ठका अनुसार प्रेमी ढकाल र उनका बुवाले विवाह गर्न अस्वीकार गरेपछि शनिवार दिउँसो प्रेमीकै घरमा पुगेर अनुमाले आत्महत्या गरेकी थिइन् ।

पेशाले अनुमा स्टाफ नर्स हुन् भने उनका प्रेमी भनिएका सुजन डाक्टर हुन् । अनुमा वीर अस्पतालमा काम गर्थिन् भने सुजन कान्ति बाल अस्पतालमा काम गर्थे ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री