औपचारिक भ्रमणबाहेक विदेश नजाने मन्त्री किरातीकाे घोषणा

काठमाडौँ । संस्कृति,पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीले दुई देशबीचको औपचारिक भ्रमणबाहेक विदेश नजाने घोषणा गरेका छन् ।

किरातीले मन्त्री बनेपछि विदेश घुमाउने र निम्तो दिने सिलसिलाले २५ प्रतिशत समय खर्च भएको भन्दै आफू दुई देशको औपचारिक भ्रमणबाहेक अन्य देश नजाने बताएका हुन् ।

किरातीले फेसबुकमा लेखेका छन्, ‘यो काम गर्ने समय हो भ्रमण गर्ने होइन । मनमा प्रश्न उठ्छ भ्रमण कसले गरेन ? कहाँ गरेन ? अनि भयो चाहिँ के ?’

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री