सांकेतिक तस्बिर

चट्याङ लागेर महिलाको मृत्यु

काठमाडाैँ । वर्षातसँगै परेको चट्याङ लागेर गम्भीर घाइते भएकी खिजीदेम्बा गाउँपालिका–२ तोपडाँडाकी ५७ वर्षीय देवमाया बुढाथोकीको मृत्यु भएको छ ।

घरभित्रै बसिरहेका बेला उनलाई चट्याङ लागेको थियो । बुढाथोकीलाई उपचारका लागि रामेछापको मन्थली लैजाने क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।

ओखलढुङ्गामा चट्याङ लागेर यही वैशाख महिनामा मात्रै दुई जनाको मृत्यु भइसकेको छ । जिल्लामा बर्सेनी चट्याङका कारण जनधनको क्षति हुने गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बसको ठक्करबाट विद्यार्थीको मृत्यु भएपछि सुनसरीको खनार तनावग्रस्त

काठमाडौं । सुनसरीको इटहरी–१३ स्थित खनारमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा …

प्रतिकृया दिनुहॊस