प्रधानमन्त्री भेट्न रवि लामिछाने बालुवाटारमा

काठमाडौँ । उपनिर्वाचनमा विजयी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन् । सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीका समाचार आइरहेका बेला लामिछाने बिहानै बालुवाटार पुगेका हुन् ।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बधाई तथा शुभकामना दिएका थिए । भेटमा पछिल्लो राजनीतिका घटनाक्रमका विषयमा कुराकानी भएको बताइएको छ । लामिछाने यही १० गते भएको उपनिर्वाचनमान चितवन-२ बाट भारी मतान्तरले विजयी भएका हुन् ।

नवनिर्वाचित सांसद लामिछानेले शुक्रबार सांसदको शपथग्रहण गरेसँगै सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै वर्तमान सरकारलाई राष्ट्रिय स्वतन्त्र पार्टीले दिएको समर्थन फिर्ता लिने सम्भावना रहेको बताएका थिए । आफूहरूलाई भ्रष्टाचारको अन्त्यका लागि मतदाताहरूले मत दिएको उल्लेख गर्दै भ्रष्टाचारको अन्त्य गर्ने विषय सरकारले न्यूनतम साझा कार्यक्रमबाट हटाएकोमा उनको आपत्ति थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस