फलामको छडले घोच्दा मोटरसाइकलमा सवार सेनाका जवानको ज्यान गयो

काठमाडौँ । बाराका सिसहनियामा ट्र्याक्टरमा लोड गरेको फलामको छडले घोच्दा नेपाली सेनाका एक जवानको मृत्यु भएको छ । सेनाको कसरा ब्यारेक नवलपरासीमा कार्यरत जवान राजकुमार राम रहेको मृत्यु भएको हो ।

प्रहरी प्रवक्ता पुरुषोत्तम सिंह पाण्डेयकाअनुसार बा८०प ८२८० नंको मोटरसाइलमा सवार मृतक वीरगञ्जबाट कलैया जाने क्रममा कलैया उपमहानगरपालिका–२४ सिसहनियामा ना५त ४०२१ नंको ट्र्याक्टरमा रहेको फलामको रडले घोच्दा घटनास्थलमा मृत्यु भएको हो ।

ट्र्याक्टर चालक रौतहट जिल्ला देवाही गोनाही नगरपालिका–५ टिकुलिया निवासी ३२ वर्षीया रमेश तिवारीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान गरिएको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए । मृतक राम कलैया उपमहानगरपालिका–१६ मझैलिया निवासी हुन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री