बारा-२ मा रास्वपाका रमेश खरेलको जमानत जफत

काठमाडौँ । बारा निर्वाचन क्षेत्र नं-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलको जमानत जफत भएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यका लागि आइतबार सम्पन्न भएको उपनिर्वाचनमा १० प्रतिशत मत नकटाउने उम्मेदवारको जमानत जफत गरेको हो ।

निर्वाचनमा कुल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदवारको जमानत जफत हुने प्रावधान छ। आइतबार भएको उपनिर्वाचनको बुधबार बिहान सकिएको मतगणनाको अन्तिम परिणाम अनुसार खरेलले २ हजार ८२९ मत पाएका छन्।

बारा–२ का मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायका अनुसार ६९ हजार २२ मत खसेकोमा ६८ हजार १९२ मत सदर भएको छ। जसअनुसार रास्वपाका उम्मेदवार खरेलले पाएको मत ४.१४ प्रतिशत रहेकाले उनको जमानत जफत भएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री