समूह बनाएर आफ्नै साथीलाई कुटपिट गर्ने १३ बालिका ज्यान मार्ने उद्योगमा पक्राउ

काठमाडाैँ । आफ्नै साथीलाई कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा १३ जना बालिका पक्राउ परेका छन् । गत वैशाख ६ गते मिक्लाजुङ गाउँपालिका ३ मा रहेको कालिका माध्यमिक विद्यालयमा अध्ययन एक विद्यार्थीमाथि कुटपिट गरी हत्या गर्ने प्रयास गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता रञ्जनकुमार दाहालकाअनुसार एउटै विद्यालयमा पढ्ने १४ वर्षीया बालिकालाई १३ जना बालिकाहरूले संगठित रूपमा कुटपिट गरी भिडिओ समेत बनाई सामाजिक सञ्जालमा सम्प्रेषण गरेको आधारमा उनीहरूलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले पक्राउ गरेको छ । घटनामा संलग्न सम्पूर्ण १३ जना बालिकाहरूलाई प्रहरीले पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ज्यान मार्ने उद्योगमा ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको हो ।

सामूहिक घटना भएकोले यस बारेमा गम्भीर रूपमा अनुसन्धान भइरहेको छ । स्कुले बालिकाहरू जोडिएको घटना भएकोले यो घटनालाई बाल संवेदनशीलताको आधारमा पनि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएकी बालिकाको विर्तामोङ बि एण्ड सि अस्पतालमा उपचार भईरहेको प्रहरी प्रवक्ता दाहालको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री