बारा-२ मा उपेन्द्रले फराकिलो बनाए अग्रता, कसको मत कति ?

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनअन्तर्गत बारा-२ मा जारी मतगणनामा जनता समावादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् ।

पछिल्लो मत परिणामअनुसार उनले १२ हजार ११९ मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका जनमत पार्टीका शिवचन्द्र कुशवाहाले ७ हजार ६९३ मत पाएका छन् । कुशवाहाभन्दा यादव ४ हजार ४२६ मतले अगाडि रहेका छन् ।

तेस्रोमा रहेका एमालेका पुरुषोत्तम पौडेलले ४ हजार १ सय १ मत प्राप्त गरेका छन् । चौथोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेश खरेलले १ हजार ८ सय ९५ मत पाएका छन् ।

आइतबार भएको मतदानमा बारा-२ मा ६४ प्रतिशतको हाराहारीमा मत खसेको छ । उक्त निर्वाचन क्षेत्रमा गत मंसिरमा ६३.५६ प्रतिशत मत खसेको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री