काठमाडौँ । बारा-२ को उपनिर्वाचनमा जसपा अध्यक्ष उपेन्द्र यादवले अग्रता बढाएका छन् ।
पछिल्लो अपडेट अनुसार जसपा अध्यक्ष यादवले ८ हजार ८८१ मत प्राप्त गरेका छन् भने जनमतका कुशवाहले ६ हजार १७९ मत प्राप्त गरेका छन् । अहिले यादव २ हजार ७०२ मतले अगाडी रहेका छन् ।
त्यस्तै नेकपा एमालेका पुरुषोत्तम पौडेलले ३ हजार ५३८ मत प्राप्त गरेका छन् भने रास्वपाका रमेश खरेलले ११६७ मत प्राप्त गरेका छन् । आम जनता पार्टीका अरुण कुमार ज्ञवालीले ५७१ मत प्राप्त गरेका छन् ।
बारा-२ मा ६ स्थानीय तहको ४४ वटा वडा रहेको र यस निर्वाचन क्षेत्रमा एक लाख पाँच हजार २४८ मतदाता रहेका थिए । जसमा ६८ हजार ८ सय ८७ मत खसेको छ ।
तपाईंको प्रतिकृया




