चितवन-२ मा एमालेको शुरुवाती अग्रता

काठमाडौं । चितवन-२ मा उपनिर्वाचनको मतगणनाको परिणाम आउनेक्रम शुरु भएको छ । इच्छाकामना गाउँपालिकाको वडा नम्बर १ र ३ को प्रारम्भिक मतपरिणाममा एमालेले अग्रता लिएको छ ।

प्राप्त परिणाम अनुसार एमालेका रामप्रसाद न्यौपानेले ३६७ मत प्राप्त गरेका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ३१९ मत प्राप्त गरेका छन् । काँग्रेसका जीतनारायण श्रेष्ठले २४४ मत प्राप्त गरेका छन् ।

चितवन- २ मा १ लाख २४ हजार ६९५ मतदाता रहेकोमा निर्वाचन आयोगले उपनिर्वाचनमा ६२.७७ प्रतिशत मत खसेको जानकारी दिएको छ ।

कांग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो प्रतिष्ठाको विषय बनाएको यस क्षेत्रमा रास्ववाबाट रवि लामिछाने, कांग्रेसबाट जितनारायण श्रेष्ठ र एमालेबाट रामप्रसाद न्यौपानेसहित २२ उम्मेदवार चुनावी मैदानमा छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री