एजेन्सी । खालिस्तान समर्थक अमृतपाल सिंहलाई पञ्जाब प्रहरीले आइतबार मोगाबाट पक्राउ गरेको छ । अमृतपाललाई मोगाको रोडे गाउँको गुरुद्वाराबाट पक्राउ गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले जनाएको छ ।
अब अमृतपाललाई भटिण्डाबाट विमानबाट असमको डिब्रुगढ जेल लगिने छ । अमृतपालविरुद्ध एनएसएअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।
अमृतपाल ३६ दिनदेखि फरार थिए । अमृतपालले आफ्ना एक समर्थकको रिहाइका लागि फेब्रुअरी २३ मा पञ्जाबको अजनाला प्रहरी चौकीमा आक्रमण गरेका थिए । घटनापछि प्रहरीले उनलाई खोजिरहेको थियो । यसअघि उनी नेपालमा पनि आएको आशंका गरिएको थियो ।
तपाईंको प्रतिकृया




