चितवन-२ मा १०४ वर्षीया गोरीमाया गुरूङले गरिन् मतदान

गणेश सापकाेटा

काठमाडाैँ । चितवन-२ को उपनिर्वाचनमा बिहान भरतपुर महानगरपालिका-२९ की १०४ वर्षीया गोरीमाया गुरूङले मतदान गरेकी छन् ।

भरतपुर-२९ जुगेडीको कविलास माविको ‘क’ केन्द्रबाट उनले मतदान गरेको मतदान अधिकृत श्रीराम आचार्यले जानकारी दिएका छन् । मतदानको सुरूवात नै उनीबाट गराएको आचार्यले बताएका छन् ।

चितवनका सबै मतदान केन्द्रमा बिहान सात बजेबाट मतदान सुरू भएको चितवन-२ को मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले बताए । चितवनमा ४३ स्थानमा १३८ मतदान केन्द्र रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री