धनगढीमा सुरु भयो महिलाका लागि आत्मरक्षा तालिम

कैलाली । बलात्कार तथा महिला हिंसाका घटना बढेपछि धनगढीमा आत्मरक्षा तालिम सुरु भएको छ । आत्मरक्षासम्बन्धी सात दिने तालिमको शनिबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुभारम्भ गरेका छन् ।

आधा आकाश र धर्ती ओगटेका महिलाहरु घर र समाजबाट उपेक्षित रहेको भन्दै महिलाहरुलाई आफ्नो सुरक्षा आफै गर्नुपर्छ भन्ने सन्देश दिनका लागि सुदूरपश्चिम प्रदेशमा रहेका सबै जिल्लाहरुमा विद्यालय स्तरदेखि तालिमको ज्ञान दिन रहेको बताए ।

तालिममा एक हजार महिला सहभागी रहेको राष्ट्रिय गोजुरियो कराते दो संघकामहासचिव प्रकाश चन्दले जानकारी दिए । तालिम पश्चात सहभागी मध्येबाट उत्कृष्ट सय जनालाई प्रशिक्षकको रूपमा छनोट गरिनेछ र उनीहरूलाई स्थानीय तहमा शिविर सञ्चालनका लागि परिचालन गरिनेछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

वैदेशिक रोजगारमा पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको …

प्रतिकृया दिनुहॊस