लुम्बिनी र मधेश प्रदेशबाहेक देशैभर सामान्य वर्षाको सम्भावना

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूको मौसम सामान्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा सामान्यतया मौसम सफा रहने छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका पहाडी भू-भागका एक वा दुई स्थानमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

तराईका थोरै स्थानहरूमा हावा-हुरीको सम्भावना रहेको छ । साथै उपत्यका लगायत देशका धेरै भू-भागहरूमा तुवाँलोको सम्भावना रहेको छ । राति देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोगमा मुख्य सचिवसरहको पदमा हालै सरुवा भएका अर्यालले सोमबार राजीनामा बुझाएका हुन् ।

प्रतिकृया दिनुहॊस