छतबाट खसेका रवि लामिछानेका ‘ड्राइभर’को पछिल्लो स्वास्थ्य कस्तो छ ?

काठमाडौँ । घरको छतबाट खसेर गम्भीर भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालकको अवस्था स्थिर छ । चितवनको भरतपुर-११ मा रहेको एक घरको छतमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ का ३९ वर्षीय शम्भु भनिने दिलबहादुर थापा सोमबार बिहान भुईँमा खसेका थिए ।

तत्कालै उनलाई उपचारका लागि पुरानो मेडिकल कलेजमा लगिएको थियो । मेडिकल कलेजका उपनिर्देशक डा. सुदिप केसीले थापाको टाउकाको शल्यक्रिया गरिएको छ तर, अहिलेसम्म थापाको होस खुल्न सकेको छैन । ‘उहाँको अहिलेसम्म होस आएको छैन । हामीले भेन्टिलेटरमा राखेर उपचार गरिरहेका छौँ’ उपनिर्देशक केसीले भने ।

थापाको खुट्टा र टाउकोमा गम्भीर चोट लागेको छ । यो घटनापछि रास्वपा प्रवक्ता मुकुल ढकालका सवारी चालकलाई पनि प्रहरीले पक्राउ गरेर बयान लिइसकेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डा. बैकुण्ठ अर्यालले दिए राजीनामा

काठमाडौं । नेपाल सरकारका पूर्वमुख्यसचिव डा. वैकुण्ठ अर्यालले राष्ट्रिय योजना आयोगको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आयोगमा मुख्य सचिवसरहको पदमा हालै सरुवा भएका अर्यालले सोमबार राजीनामा बुझाएका हुन् ।

प्रतिकृया दिनुहॊस